विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

डिसी नेपाल
१५ असार २०८० १३:५५
752
Shares

ओखलढुंगा। विषालु च्याउ खाँदा ओखलढुंगामा एक जनाको मृत्यु भएको छ। बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्।

यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए। जंगली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौँको टिचिङ अस्पताल पठाइएको थियो।

अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ। खेतबारी र जंगलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्युसमेत हुने गरेको छ। गत वर्ष जिल्लाको चम्पादेवीमा दुई जनाको जंगली च्याउ सेवन गरेकै कारण मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *