काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ७६२ सवारीचालक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७६२ जना सवारीसाधनका चालकहरू २४ घण्टाभित्र कारबाहीमा परेका छन्। उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।
ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५८ जना, सिसिटिभी मार्फत पहिचान भएका ५३ जना र रातो बत्तीको इसारा उल्लङ्घन गर्ने २७ जना चालक रहेका छन्।
यसैगरी, तीव्र गतिमा सवारी चलाउने ७६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३ जना, लेन अनुशासन पालना नगर्ने ३२ जना, सवारीको यान्त्रिक अवस्था ठिक नभएका १४ जना र एकतर्फी (वान-वे) सडकमा सवारी हाक्ने १४ जना चालकलाई पनि कारबाही गरिएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ४७५ जना चालकसमेत कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment