बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ: उपसभामुख राना
काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताएकी छन् ।
आज यहाँ नेपाली चलचित्र ‘बगान’ द्वारा एकल आमालाई गरिएको सम्मान ग्रहण गर्दै उनले बालबालिकाको अधिकारका लागि विधेयक बन्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “बालबालिकासम्बन्धी कुनै विधेयक बनेको छैन । उनीहरूको अधिकार सुरक्षित र सुनिश्चित हुनुपर्छ ।” समारोहमा उपसभामुख रानाले छोरी भएको दुई वर्षमै दाम्पत्य जीवनको अन्त्य गर्न बाध्य भएको बताइन् । “एकल महिलाको सङ्घर्ष र समाजले हेर्ने दृष्टिकोण सच्चिन जरुरी छ, किनकि आमाको शक्ति आमा बनेपछि मात्र महसुस गर्न सकिन्छ ।”
सोही कार्यक्रममा एकल आम भएर आफ्नो सन्तान हुर्काउने सिएनएन हिरो अनुराधा कोइराला, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरिएको थियो ।
उनीहरूलाई अभिनेत्रीत्रय भुवन चन्द, चैत्य देवी र वसुन्धरा भुसालले सम्मान गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment