कारागारभित्र कैदीले गरे आत्महत्या
जानकी। बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन्।
जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए। मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।
घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअधि आर्चायले बताए। – रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment