कांग्रेसले सार्‍यो १५औं महाधिवेशनको वडा अधिवेशन, असोज १६–१९ को केन्द्रीय महाधिवेशन मिति यथावत्

डिसी नेपाल
१ भदौ २०८३ १७:२९

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले भदौ २ गतेदेखि सुरु हुने तय भएको वडा अधिवेशनको मितिलाई पर धकेलेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन्।

पार्टीभित्रका असन्तुष्ट पक्षलाई पनि सहमतिमा समेट्ने प्रयासस्वरूप वडा अधिवेशनको मिति सारिएको महामन्त्री पौडेलको भनाइ छ। उनले सहमतिका लागि पार्टी लचिलो भएको उल्लेख गर्दै वडा अधिवेशन सुरु भइसकेपछि असन्तुष्ट पक्षका लागि ढोका बन्द हुने भएकाले उनीहरूलाई आउने अवसर दिन यो निर्णय गरिएको बताएका छन्।

वार्ड अधिवेशनको कार्यतालिका हेरफेर गरिए पनि केन्द्रीय महाधिवेशनको अन्तिम मिति भने असोज १६ देखि १९ गतेसम्मका लागि यथावत् नै राखिएको छ। साथै, आगामी मंसीरभित्र महाधिवेशन सम्पन्न गर्नु पार्टीका लागि बाध्यकारी रहेको पनि उनले स्पष्ट पारेका छन्।

निर्वाचन, मतदान प्रक्रिया तथा निर्वाचनसम्बन्धी अधिकृत र आधिकारिक जानकारीका लागि मतदाताहरूले निर्वाचन आयोग, नेपाल (Election Commission, Nepal) को आधिकारिक पोर्टल मार्फत थप जानकारी लिन सक्नुहुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *