शंकास्पद बिलबिजक भएको १७ लाखभन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद

डिसी नेपाल
२२ असार २०८० १२:२९
3.3k
Shares

बारा। शंकास्पद बिलबिजक भएको १७ लाख भन्दा बढीको ईलेक्ट्रोनिक सामान प्रहरीले बरामद गरेको छ।

बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजकार्गको बकैया पुल ईलाकाबाट  प्रहरीले शंकास्पद बिलबिजक भएको १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामान बरामद गरेको हो।

विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले उल्लेखित मूल्य बराबरको १६ वटा कार्टुन ईलेक्ट्रोनिक सामान बरामद गरेको हो। महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०७४४ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा ईलेक्ट्रोनिक सामानको बिलबिजक शंकास्पद देखिएपछि बरामद गरिएको हो।

बरामद ईलेक्ट्रोनिक सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *