भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

डिसी नेपाल
२५ असार २०८० ११:३७
2.4k
Shares

नवलपरासी(पश्चिम)। भाउजुको हत्या गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ।

रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

जग्गाको विषयलाई लिएर वादविवाद एवम् झैं-झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्। घाइते भएकी मिरा चौधरीको जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले चन्दनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *