सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइँदै

डिसी नेपाल
१ साउन २०८० ६:५८
116
Shares

काठमाडौं। सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई अदालतमा आज उपस्थित गराइँदैछ।

सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार अदालतमा उपस्थित गराउन लागिएको हो।

हिजो आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइए पछि सर्वोच्च अदालतले सोमबार अदालतमा पेश गर्न आदेश दिइए अनुसार आज उनीहरु उपस्थित हुन लागेका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आइतबार हेर्न नभ्याइए पछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलाशमा पेश गर्न आदेश दिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *