बैंकिङ कसुरमा एमाले नेता विजयबहादुर यादव पक्राउ
काठमाडौँ। बैंकिङ कसुरको आरोपमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्। उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो।
बाउन्स चेक दिएको आरोपमा लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादव पक्राउ परेका हुन्। गत १० माघमा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई दिएको १२ लाख २८ हजार रुपैयाँको चेक बाउन्स भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment