लागूऔषधसहित तनहुँबाट दुई जना पक्राउ

डिसी नेपाल
२५ साउन २०८० २३:०८
148
Shares

तनहुँ । आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाबाट बिहीबार लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ६ ख २५४९ नम्बरको बस जाँच गर्दा बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका–३ का २१ वर्षीय अनिश विक पक्राउ परेको प्रहरीको भनाइ छ।

प्रहरीले अनिशको साथबाट डाइजेपाम २०, नुफिन २० र फेनरागम २० थान बरामद गरेको छ। निजविरुद्ध बिहीबार अदालतबाट १० दिनको म्याद थप गरिएको छ।

यस्तै व्यास–४ भोर्लेटारचोकबाट व्यास–१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्रबहादुर कामी गाँजासहित पक्राउ परेका छन्। कामीले पछाडि बोकेको झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा १ किलो ९ सय ग्राम लागूऔषध गाँजा फेला पारी बरामद भएको र उनीविरुद्ध तनहुँ जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *