हेटौंडाबाट नक्कली नोटसहित तीन जना पक्राउ

डिसी नेपाल
१५ भदौ २०८० १९:३८
144
Shares

हेटौंडा । मकवानपुरको हेटौंडाबाट प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ। बिहीबार विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगर-१५ स्थित चुरियामाई मन्दिर क्षेत्रबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयमकवानापुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका(६ का १९ वर्षीय धर्मेन्द्र महरा र कटहरिया(१ बस्ने २१ वर्षीय दिपेश दास रहेका छन्। उनीहरुलाई चेकजाँच गर्दा महराको साथबाट नेपाली नक्कली रुपैयाँ एक हजारको दरले ९५ थान फेला पारेको प्रहरीले जनाएको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–२ बस्ने ४० वर्षीय विजय तामाङबाट उक्त नोट ल्याएको बताएपछि अनुसन्धानको लागि विजयलाई पनि नियन्त्रणमा लिइएको डिएसपी कार्कीको भनाइ छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *