बागतीमा बेपत्ता युवकको शव फेला

डिसी नेपाल
१६ भदौ २०८० २३:३४
372
Shares

रौतहट । नुहाउन जाँदा रौतहटको चन्द्रपुर–१ नुनथरनजिक बागमतीमा बेपत्ता भएका युवकको शव फेला परेको छ। चन्द्रपुर(१ देवानटोलका २९ वर्षीय बलराम विकको शव शनिबार फेला परेको प्रहरीको भनाइ छ।

मोरङको उर्लाबारी–२ मंगलबारेका जितेन दियालीसँगै नुहाउन गएका उनी शुक्रबार साँझदेखि बेपत्ता भएकोमा बगाएको ठाउँभन्दा झण्डै ५ सय मिटर तल दक्षिण पूर्वपश्चिम राजमार्गमा रहेको पुलछेउ शव भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।

विक बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजतलास गरिरहेको थियो। विकको शव पोस्टमार्टमका लागि गौर पठाइएको छ‍।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *