बर्दघाटमा उत्पादित मिनरल वाटरमा कोलिफर्म फेला

डिसी नेपाल
१७ भदौ २०८० १९:०६
64
Shares

परासी। नवलपरासीको बर्दघाट नगरपालिका-७ स्थित नेहा अक्वा इण्डष्ट्रिजले उत्पादन गरेको ‘नेहा अक्वा’ नामक मिनरल वाटरमा कोलिफर्म भेटिएको छ।

बजारमा पठाइएको पानीमा अखाद्य वस्तु भेटिएपछि नगरपालिकाको टोलीले अनुगमन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयमा परीक्षणका लागि पठाइएको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएको हो।

पानीमा कोलिफर्म भेटिएपछि उद्योगलाई ४८ घण्टाभित्र बजारमा पठाइएका सबै पानी फिर्ता ल्याउन नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ।

तर, ५ दिन बितिसक्दा पनि उद्योगले पानी फिर्ता लगेको बारे जानकारी नगराएको बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले बताए। पानीमा ब्याक्टेरिया भेटिएपछि नगरवासीलाई उक्त पानी नपिउन नगरपालिकाले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *