बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

डिसी नेपाल
२२ भदौ २०८० २१:०३
432
Shares

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट एक महिलाको निधन भएको छ।

शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीको बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको थियो।

महिलाको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरीया लगिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *