ब्रेक शुबाट थप ३०२ किलो सुन आएको सीआईबीको निष्कर्ष

डिसी नेपाल
२७ भदौ २०८० १२:५४
232
Shares

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ।

६० किलो ७१६ ग्राम सुन प्रकरणको अनुसन्धान सकेर बुधबार सरकारी वकिललाई प्रतिवेदन बुझाउने तयारी गरेको सीआईबीले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको हो ।

प्रतिवेदन बुझाउनुअघि आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेको सीआईबीले अन्य सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन गत गत २ साउनमा आन्तरिक राजश्व विभागले बरामद गरेको थियो । उक्त सुन पनि ब्रेक शुमा लुकाएर ल्याइएको थियो ।

उक्त बरामद सुनबारे अनुसन्धान गर्ने जिम्मेवारी पाएको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२.६२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *