राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौं। राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो।
त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ। यस वर्षको बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदैछ।
बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एबं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको सर्बोच्च प्राथमिकताका बिषयहरु हुन्।
नेपालको संबिधानले बालबालिकाको हकलाइ मौलिक हकको रुपमा आत्मसात गरेको छ। संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वांगीण विकासको हक सुनिश्चित गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment