तीनकुने सामूहिक हत्याकाण्डको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

डिसी नेपाल
३० भदौ २०८० १४:३१
420
Shares

काठमाडौं। काठमाडौंको तिनकुनेमा भएको बिभत्स सामुहिक हत्याको छानबिन गर्न समिति गठन गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा  गठित उक्त समितिमा काठमाडौं परिसरका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, उपत्यका प्रहरीका नायव उपरीक्षक सुवास खड्का, उपत्यका अपराध अनुसन्धानका नायव उपरीक्षक सुरक्षा केसी र प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन्।

उक्त हत्याकाण्डको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न समितिलाइ रानीपोखरीले निर्देशन दिएको छ।

गए राती गैरी गाउँस्थित दिव्या सःमिल भित्र धारिलो हतियार प्रहार गरि एकै परिवारका ३ जनासहित ४ जनाको सामुहिक हत्या गरिएको थियो । सो घटनामा दोलखामा ५६ बर्षिय कुमार भुजेल, उनकी श्रीमती ५२ की अम्बिका भुजेल र उनकी आमा वर्ष ७६ की शुभद्रा भुजेलसहित मोरङ बेलबारीका २० वर्षका नविन राईको हत्या गरिएको अवस्थामा बिहान शव फेला परेको थियो ।

हालसम्म दिपेन्द्र राईलाई पक्राउ गरी सोधपुछ गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *