स्याङ्जामा अपाङ्गता भएकी महिलामाथि सामूहिक बलात्कार

डिसी नेपाल
३० भदौ २०८० २२:०१
468
Shares

स्याङ्जा । ३२ वर्षीया अपाङ्ग महिलालाई बलात्कार गरेको आरोपमा स्याङ्जा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पुतलीबजारका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको हो।

भदौ २० गते भएको घटनापछि प्राप्त उजुरीका आधारमा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले बताए।

बौद्धिक अपाङ्गता भएकी महिलालाई घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए। जिल्ला अदालत स्याङ्जाबाट सात दिन थुनामा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *