जनप्रतिनिधि थकित भएपछि मण्डनदेउपुरमा आज सार्बजनिक बिदा
काभ्रेपलाञ्चोक। जनप्रतिनिधि थकित भएको भन्दै मण्डनदेउपुर नगरपालिकामा आज सार्बजनिक बिदा दिइएको छ। संबिधान दिबसको अवसरमा नगरपालिकाको भवनबाट निर्मित भबनवाट सेवा प्रबाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनपुरमा बिदा दिइएको हो।
‘बिगत तीन दिनदेखिलगातार ब्यबस्थापन गर्ने कार्यमा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, बिद्यालय लगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी बिज्ञप्तिमा भनिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment