फोटो पत्रकार केशव थोकर प्रेस काउन्सिल विधागत पत्रकारितबाट पुरस्कृत

डिसी नेपाल
६ असोज २०८० १२:२२
732
Shares

काठमाडौं। फोटो पत्रकार केशव थोकर प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोटो पत्रकारितामा निरन्तर क्रियाशिल रही योगदान पुर्‍याएबापत फोटो पत्रकार थोकरलाई पुरस्कृत गरेकी हुन्।

यसैगरी काउन्सिलले यो वर्षको गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ। सो पुरस्कार पाउने शर्मा पहिलो महिला पत्रकार हुन्। उक्त पुरस्कारको राशी एक लाख ५१ हजार रहेको छ।

यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका पत्रकार दमन राईलाई प्रदान गरएिको छ छ। उक्त पुरस्कारको राशी एक लाख १० हजार रुपैयाँ रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *