भरतपुर महानगरपालिकाले माग्यो नगर प्रहरी

डिसी नेपाल
१४ असोज २०८० १४:०४
220
Shares

चितवन। भरतपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ।

महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो। महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी नायब निरीक्षक १ जनासहित ३० जना माग गरिएको छ।

सबैभन्दा धेरै प्रहरी जवान खुलातर्फ १३ जना माग गरेको छ। यस्तै महिला प्रहरी जवान ३ जना, दलति ३ जना, आदिवासी जनजाति ३ जना, थारु २ जना र मधेसी १ जना मागेको हो।

असोज २९ गतेसम्म आवेदन दिन सकिने महानगरद्धारा जारी सूचनामा जनाइएको छ। थप जानकारी महानगरपालिकाको वेबसाईटबाट प्राप्त गर्न सकिने छ । पूर्व नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाली प्रहरीले सम्बन्धित निकायबाट अनुभव हुनुपर्ने छ।

यो सँगै भरतपुर महानगर नगर प्रहरीको कमाण्ड डिएसपीको हुने छ। यसअघि प्रहरी निरीक्षक इनिस्पेक्टरको कमाण्डमा रहेको थियो। छनोटका लागि शारीरिक तन्दुरुस्ती र आत्मबल परीक्षणमा दौड २ सय मिटर, हाईजम्प र लङ्जम्प, सेटअप, पुसअप र चीन अप गर्नुपर्ने हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *