काठमाडौं मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई जना पक्राउ
काठमाडौं। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भइ हाल काठमाडौं महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम तथा गुल्मी घर भइ हाल सिनामङगल बस्ने ३४ सरोज गौतम रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।
आज दिउँसो करिब १ बजे ओपिडीमा डा खड्कामाथि हात पात भएपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सक अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment