रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
१४ असोज २०८० २२:२७
88
Shares

रोल्पा। रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दाङको राप्ती गाउँपालिका– ३ मसुरियाका २२ वर्षीय जेसिबीका सहचालक अमृत चौधरीको मृत्यु भएको हो।

रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देविराम भण्डारीका अनुसार जेसिबीको ब्रेक फेल भई सडक किनारमा पल्टिएको थियो। सोही जेसिबीले च्यापिएका चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

दाङदेखि रोल्पाको लिवाङतर्फ जाँदै गरेको इजी कन्स्ट्रक्सन प्रालि दाङको रा १ क ११८७ नम्बरको जेसिबी रोल्पा नगरपालिका– १ भदौरेस्थित लिवाङ सातदोबाटो खण्डमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *