विवादास्पद अभिव्यक्ति दिएका आचार्य श्रीनिवास पक्राउ

डिसी नेपाल
१६ असोज २०८० १९:५४
1.8k
Shares

काठमाडौं । पूर्वमा धार्मिक सदभाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्।

विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सुनसरी प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न सुनसरी प्रहरी टोली मंगलबार सुनसरीको चक्रघट्टी पुगेको थियो।

विगत पनि विवादास्पद रहेका उनले यसपटक पनि उनले उत्तेजक भाषण दिएका थिए। जुन भाषण सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएकाे पुष्टि गरेका छन्। उनी यसअघि पनि पक्राउ परेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *