अर्थमन्त्री डा महत र आएएफसी उपाध्यक्षबीच भेटवार्ता

डिसी नेपाल
२३ असोज २०८० १९:३१
12
Shares

काठमाडौं । विश्व बैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेशमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसीं का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूबीच नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनएको छ । निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाको विकास गर्न र वित्तीय उपकरणहरू विविधिकरण गर्दै सार्वजनिक–निजी साझेदारी ढाँचामा परियोजना विकास गर्न आइएफसीले प्राविधिक सहयोग गर्ने विषयमा पनि उनीहरूबीच छलफल थियो ।

अर्थमन्त्री डा महतले निजी पूँजी आकर्षित गर्न सूचना तथा सञ्चार, कृषि व्यवसाय, पर्यटनलगायत क्षेत्रमा लगानी गर्ने प्रशस्त अवसर रहेका जनाउँदै स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए ।

बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको जानकारी गराउँदै कर्जा सूचना व्यवस्थापनसम्बन्धी कानुन निर्माणमा आएएफसीको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ ।

आइएफसीका उपाध्यक्ष पुलितीले लगानीको वातावरण बनाउन नेपाल सरकारले गरेका प्रयासको सराहना गर्दै नेपालको सामाजिक–आर्थिक विकासका निम्ति सक्दो सहायोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *