अशोकको घर हस्तान्तरणमा प्रधानमन्त्री पुग्लान् ? जाने भए हरिवंश

डिसी नेपाल
२९ साउन २०७५ १४:१५

काठमाडौं । बाल गायक अशोक दर्जीको घर निर्माणको काम सम्पन्न भएको छ। गएको जेठ १९ गते शिलान्यसा गरेर शुरु गरिएको घर निर्माणको काम सबैसकिएको गायक तथा संगीतकार टंक बुढाथोकीले बताएका छन्। टंकका अनुसार यहि आउँदो भदौ ४ गते एक कार्यक्रमका बिच घर हस्तान्तरण गरिनेछ।

केहिदिन अघिदेखी अशोकको घर हस्तान्तरण कार्यक्रममा कोको अतिथि पुग्नेछन् भन्ने बिषय चर्चामा रहेको छ। केहिदिन अघि टंक बुढाथोकी, अशोक दर्जी, डिजे रुपक सहितको टोली प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेट्न जाँदा धेरैले प्रधानमन्त्री घर हस्तान्तरण कार्यक्रममा पुग्नसक्ने अनुमान लगाएका थिए।

यस्तै टंकका अनुसार थुप्रै कलाकार घर हस्तान्तरण कार्यक्रममापुग्ने छन्। बरिष्ठ कलाकार हरिवंश आचार्य घर हस्तान्तरणमा पुग्ने भर्खरमात्र निधो भएको टंकले जनाएका छन्। भने अन्य कलाकारहरुको निधो हुँदैछ।

के प्रधानमन्त्री घर हस्तान्तरणकार्यक्रममा पुग्लान् ? यो बिषयमा टंक बुढाथोकी र घर निर्माणस्थलमा रहेका टंक बुढाथोकीका दाजु टिकाराम बुढाथोकीसँगको टेलिफोन वार्तासहितको गोपिकृष्ण चापागाईले तयार पारेको एके क्लिअर कट कार्यक्रमको भिडियो हेर्नुहोस् …


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *