राप्रपा अध्यक्ष लिङदेन अमेरिका जाँदै
काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन शुक्रबार अमेरिका जाने भएका छन्।
प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको नियमन्त्रणमा अध्यक्ष लिङदेन कात्तिक दश गते शुक्रबार अमेरिका प्रस्थान गर्ने भएका हुन्। ‘मिट एण्ड ग्रीट विथ राजेन्द्र लिङदेन’ कार्यक्रमका लागि उनी अमेरिका जान लागेका हुन्।
अमेरिकामा रहँदा अध्यक्ष लिङदेनले विभिन्न कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ। विभिन्न कार्यक्रममा सहभागी भएर उनी कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment