संक्रमणकालीन न्यायका सम्बन्धमा दलहरुबीच समझदारी बनेको छ : प्रधानमन्त्री

डिसी नेपाल
१५ कार्तिक २०८० १७:२६
24
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड संक्रमणकालीन न्यायका सम्बन्धमा दलहरुबीच समझदारी बनेको बताएका छन् ।

बुधबार एमालेको चियापान कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवासँग भएको छलफलमा संक्रमणकालीन न्यायका सम्बन्धमा समझदारी बनेको भन्दै शान्तिप्रक्रियाको बाँकी काम छिटै टुङ्गिने बताएका हुन् । उनले पिडितहरुलाई न्याय, सर्वोच्च अदालतको व्याख्या र अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई आत्मसाथ गर्दै शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिकिर गरे ।

उनले दलहरुलाई सदैव एक ठाँउमा ल्याउन आफुले सदैव पहल गरेको र बुधबार बिहान भएको छलफल सकारात्मक भएको धारणा राखे । प्रचण्डले चियापान कार्यक्रमले दलहरुलाई एकठाउँ उभिन र समझदारी कायम गर्न मद्धत गरेको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *