सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय
काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। समितिले सर्वोच्च अदालतका लागि हालै प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
संसद सचिवालयमा सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
गत मङ्सिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गर्ने निर्णय लिएर सुनवाइ समितिलाइ जानकारी गराएको थियो। सिफारिसको जानकारी गत मंसिर ६ गते समितिलाइ पठाए पछि शुक्रबारको बैठक सुनवाइ प्रकिया सुरू गर्ने निर्णय लिएको हो।
सरकारले हालै सर्वोच्चको न्यायाधीशका लागि महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकाल सिफारिस गरेको थियो।







डिसी नेपाल







Facebook Comment