दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट फिर्ता

डिसी नेपाल
१० मंसिर २०८० १४:५९
2.5k
Shares

काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ।

गत शुक्रबार प्रसाईंलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको हो।

राजतन्त्र पुनर्स्थापनासहितको माग राखेर आन्दोलनमा होमिएका प्रसाईंलाई गत शुक्रबार प्रहरीले घर बाहिर निस्कन नदिएर नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वाेच्च अदालतमाम बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।

तर, आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा बहसका क्रममा प्रसाईं खुला रुपमा भाषण गरिरहेको प्रसङ्ग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *