सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य सोमबार हालसम्मकै उच्च रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
आइतबार छापावाला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको मूल्यले गत कात्तिक ११ गतेको उच्च रेकर्ड तोडेको हो।
११ कात्तिकमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार नयाँ रेकर्ड कायम भएको हो । ११ कात्तिकमा छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५०० रुपैयाँ पुगेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment