नेपाल वेयरहाउजिङको आईपीओ बाँडफाँट

डिसी नेपाल
२० मंसिर २०८० ११:१८
208
Shares

काठमाडौं। नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा गरिएकाे बाँडफाँटमा १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरिएको थियो । पौने १३ लाख परेका आवेदनमध्ये ११ लाख ९१ हजार ९८८ आवेदन स्वीकृत भएका थिए।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रिया मार्फत आईपीओ बाँडफाँट गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *