फिफा यु–२० विश्वकपः १२ गोल खाँदा १ गोल पनि फर्काउन सकेन होन्डुरसले

डिसी नेपाल
१७ जेठ २०७६ ५:०७

एजेन्सी । फिफा यु–२० विश्वकप फुटबलअन्तर्गत गत राति भएको समूह चरणको खेलमा होन्डुरसले लज्जास्पद हार बेहोरेको छ। समूह सी अन्तर्गत होन्डुरस र नर्वेबिच भएको खेलमा नर्वेले होन्डुरसलाई १२ गोल प्रहार गरेको छ।

१२ गोल खाएको होन्डुरसले १ गोल पनि फर्काउन सकेन। नर्वेका एर्लिङ ब्राउटले एक्लै ९ गोल प्रहार गरे। उनले खेलको ७ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। उनले खेलको ७, २०, ३६, ४३, ५०, ६७, ७७, ८८, ९० मिनेटमा गोल प्रहार गरेका थिए। ब्राउटले यु–२० विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड आफ्नो नाम गरे। यस्तै नर्वेका अर्का खेलाडी लियो स्क्रीले ३० मिनेटमा गोल गरे भने जेन्स पिटर र इमाम मार्कोभिकले क्रमश ४६ र ८२औं मिनेटमा गोल गरे।

पहिलो हाफमै ५ गोलले अग्रता लिएको नर्वेले दोस्रो हाफमा ७ गोल गर्दा हान्डुरसले १ गोल पनि फर्काउन सकेन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *