प्रधानमन्त्री कपः सेमिफाईनलको समिकरण पुरा, समुह चरणको अन्तिम खेलमा सुदुर र गण्डकी भिड्दै

डिसी नेपाल
२१ जेठ २०७६ ३:५८

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समुह चरणको अन्तिम खेल आज हुदैछ । लिग चरणको अन्तिम खेलमा समुह एबाट सुदुरपश्चिमले गण्डकी प्रदेशलाई प्रतिद्वन्दीको रुपमा पाएको हो ।

ल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । समुह चरणको अन्तिम खेलको नतिजाले कुनै अर्थ राख्ने छैन । दुवै समुहबाट सेमिफाईनल पुग्ने टिमले टुङ्गो लागिसकेको छ । समुह एबाट प्रदेश ३ र एपीएफ तथा प्रदेश बीबाट पुलिस र आर्मीले अन्तिम ४ मा स्थान पक्का गरिसकेका छन् । प्रतियोगितामा गण्डकी प्रर्दशन अंक विहिन छ । खेलिएका तीन वटै खेल उसले गुमाएको छ । सुदुरपश्चिमलाई हराउँदै प्रतियोगिताबाट सुखद बिदाई लिने अवसर उसलाई प्राप्त छ ।

समुहमा मात्र एक अंक जोडेको सुुदुर समेत पहिलो जितको खोजीमा छ । उसले प्रदेश ५ संग बर्षाका कारण खेल रद्व भएपछि अंक बाँडेको थियो । प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्दै सुखद बिदाईको लक्ष्य सुदुरले समेत राखेको छ । सुदुर ३ खेलबाट १ अंक तालिकाको चौथो स्थानमा छ । अंक विहिन गण्डकी पाँचौ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *