भगवती हाइड्रोपावरको आज वार्षिक साधारण सभा
काठमाडौं। भगवती हाइड्रोपावरको मंगलबार वार्षिक साधारण सभा बस्दैछ । भगवती हाइड्रोपावरले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन्।
सभाले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुबाट ७ जना र साधारण सेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि परित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एकदिन बुक क्लोज गरिसकेको छ।
भगवती हाइड्रोपावरको वार्षिक साधारण सभा अपर्ण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजे सुरु हुँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment