सुनको भाउ घट्दा चाँदीको स्थिर
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य मंगलबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी काहासंघका अनुसार २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ। यस अघि सोमबार प्रतितोला सात सय रूपैयाँ घटेको थियो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment