उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्वाचित
चितवन। उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्वाचित भएका छन्।
सोमबार भएको निर्वाचनवाट सुमन कुमार श्रेष्ठले प्रतिष्पर्धी श्रीरिष पन्तलाई पराजित गरेका हुन्। श्रेष्ठले एक हजार १५१५ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी पन्तले ८४३ मत प्राप्त गरेका थिए। संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै बहुमत प्राप्त गरेको छ।
श्रेष्ठ प्यानलबाट बरिष्ठ उपाध्यक्षमा चिरिञ्जीवी सुबेदी, उद्योगतर्फवाट अशोक अधिकारी बाणिज्यतर्फवाट राजेन्द्र ओली र कर्पोरेट बस्तुगत तर्फबाट नारायण प्रधान बिजयी भएका छन्।
उद्योग बाणिज्य सघ चितवन २०७९-८० का तृतीय उपाध्यक्ष रहेका पन्त भने एक्लै निर्वाचनमा होमिएका थिए। संघको २०८०-८१ को लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।
अध्यक्षमा निर्वाचित भए पछि श्रेष्ठले मतदाताहरुलाई धन्यबाद दिँदै आफूले प्रस्तुत गरेको एजेण्डामा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे। आफू व्यवसायीहरुको माझमा रहेर र उद्योग बाणिज्य सघले गरेको काम कार्यहरु व्यवसायीहरुलाई जानकारी गराउने उनले बताए।
पराजित उम्मेदवार पन्तले अध्यक्ष श्रेष्ठलाई बधाई दिँदै ब्यबशायीकहरुको हकहितका एजेण्डामा काम गर्न आग्रह गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment