घट्याे सुनको भाउ, खरिदबिक्री मूल्य कति छ?
काठमाडौं। नेपाली बजारमा बिहीबार सुन-चाँदी दुवैको भाउ घटेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको थियो।
यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा झरेको छ । बुधबार चाँदीको भाउ तोलाकोे १४ सय १५ रुपैयाँ रहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment