सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ। यसअघि बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदीको भाउ तोलाकोे १४ सय रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment