तातोपानी कुण्डमा नुहाउनेको भीड

डिसी नेपाल
१९ फागुन २०८० ८:२२
32
Shares

म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्डमा नुहाँउनेको भीड लागेको छ । प्राकृतिक चिकित्सालयका रुपमा रहेको तातोपानी कुण्डमा डुब्ने र नुहाउने गरेमा विभिन्न रोग निको हुने विश्वास गरिन्छ।

पछिल्लो समय कुण्डमा बिरामीलाई लक्ष्य गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरिएको छ। व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्था गरेको छ।

तातोपानीको मुख्य पोखरीमा स्नान गर्न प्रतिव्यक्ति रु तीन सय ५० र बाहिरको पोखरीमा प्रतिव्यक्ति रु एक सयको टिकटको व्यवस्था गरिएको छ।

कुण्डमा एकपटक आएर डुबेका बिरामी निको भएपछि पटकपटक आउने गरेका छन्। विसं २०४२ मा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीय बासिन्दाले संरक्षणसहित र कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *