कांग्रेस कार्यसम्पादन समितिको बैठक ३ बजे बस्दै

डिसी नेपाल
२२ फागुन २०८० १२:४७
20
Shares

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे बस्ने भएको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ ।

सत्ता बहिर्गमनसँगै विकसित पछिल्लो घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको उनले जानकारी गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *