कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

डिसी नेपाल
२२ फागुन २०८० १८:३२
140
Shares

काठमाडौं। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज(मंगलबार) कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे।

नयाँ गठबन्धन बनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए।

सोमबार कांग्रेससहितको सत्ता गठबन्धन लत्याएर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले लगायत रास्वपासहितको नयाँ गठबन्धनमा सामेल भएका थिए। त्यसपछि कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको थियो।

सत्ता गठबन्धनको प्रमुख घटकका रूपमा रहेको कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेसँगै अब सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *