माधव नेपाललाई भेट्न उनकै निवासमा पुगे प्रधानमन्त्री दाहाल र ओली

डिसी नेपाल
२२ फागुन २०८० १९:०४
260
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा.एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल भेट्न कोटेश्वरस्थित उनकै निवासमा पुगेका छन्।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे आफूलाई जानकारी नगराएको भन्दै प्रधानमन्त्री दाहाल र नयाँ गठबन्धनप्रति असन्तुष्ट रहेका उनलाई मनाउन बालुवाटारबाट प्रधानमन्त्री दाहाल र ओली निवासमै पुगेका हुन्।

सोमबार कांग्रेससँगको गठबन्धन परित्याग गरेर एमालेसहितको नयाँ गठबन्धनमा सहभागी भएपछि प्रधानमन्त्री दाहालले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर अध्यक्ष नेपाललाई भेट्न पुगेको थिए।

प्रधानमन्त्रीसँगको भेटमा नयाँ गठबन्धनबारे आफूसँग परामर्श नगरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेपछि आज एमाले अध्यक्ष ओलीसहित प्रधानमन्त्री उनकै निवासमा भेट्न पुगेका हुन्।

विकसित राजनीतिबारे कुनै छलफल नगरिएको भन्दै रुष्ट रहेका उनलाई नयाँ गठबन्धनमा सामेल गराउन अध्यक्ष ओलीलाई लिएर प्रधानमन्त्री कोटेश्वर पुगेको बालुवाटार स्रोतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *