कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एकजना डुबेर बेपत्ता

डिसी नेपाल
१३ चैत २०८० ६:५४
60
Shares

कैलाली। कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलबाट हाम फालेका १७ जना युवामध्ये एक जना वेपत्ता भएका छन्।

लम्कीचुहा नगरपालिका-३ चिसापानीका स्थानीय युवाको समूह दिउँसो सँगै होली खेलेर साँझ करिब ५ बजे नुहाउन पुलबाट हाम फालेको हुनसक्ने ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

मदिरा सेवन गरी नांगै हिँडेका युवालाई प्रहरीले रोक्न खोज्दा आफूहरु स्थानीय भएको र पुलमा तस्बिर खिच्ने बताउँदै अटेर गरी गएको जनाइएको छ। एकपछि अर्को हाम फालेकामध्ये एकजना डुबेर बेपत्ता भएको हो।

बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका ३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही छन्। जनपद प्रहरी र सशस्त्र प्रहरीले घटनाको बारेमा खोजी अनुसन्धान गरिरहेको जनाइएको छ।

आज गोताखोर टोलीले वेपत्ता शाहीको खोजी गर्ने इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ। गत बर्ष पनि पुलबाट हाम फालेर पौडिने होडबाजीमा डुबेर एक युवाको निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *