नेसनल लघुवित्तको एजीएम आज, यस्तो छ एजेण्डा
काठमाडौं। नेसनल लघुवित्तको वार्षिक साधारण सभा आज शुक्रबारबस्दैछ। सभामा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।
साधारण सभाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, सभामा ६ लाख ६९ हजार ९ सय कित्ता थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ।
यसैगरी, सभाले सञ्चालकहरुविच निर्वाचन गर्ने छ। संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ। आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको छ।
यसअधारमा, फागुन २९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्। सभा, धुलिखेल लज रिसोर्ट धेलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment