प्रतितोला एक हजार तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार तीन सयले ओरालो लागेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय निर्धारण भएको छ। बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार तीन सयले ओरालो लागेको छ। बिहीबार प्रतितोला रु एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३२ हजार ५० निर्धारण भएको हो।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार छ सय १५ निर्धारण भएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार छ सय ५० मा कारोबार भएको थियो। यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment