संघीय संसद भवनको निर्माण सुस्त गतिमा भएको भन्दै सभामुख घिमिरेको असन्तुष्टि

डिसी नेपाल
२५ चैत २०८० १९:१९
144
Shares

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको निर्माण सुस्त गतिमा भएको भन्दै असन्तुष्टि जनाएका हुन्।

आइतबार निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्दै सभामुख घिमिरेले सरकारको प्राथमिकतामा परेको आयोजना छिटो बनोस भन्ने चाहना रहे पनि तोकिएको समयमा निर्माण नभएको भन्दै असन्तुष्टि जनाएका हुन्।

उनले निर्माणाधीन सङ्घीय संसद् भवन कहिले बन्छ भन्दा पनि आशा गर्ने ठाँउमात्रै रहेको जिकिर गरे। सभामुख घिमिरले संसद भवन निर्माणमा देखिएका समस्या र अप्ठेराहरुलाई समाधान गर्न आफुले पहल गर्ने बताए।एक बर्षपछि अनुगमनमा आउँदा यसअघि जुन गतिमा निर्माण हुनुपर्ने हो त्यसको ५० प्रतिशतमात्रै काम भएको देखिएको उनले बताए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए। तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।

((




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *