चितवनको राप्तीमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको नगर कमिटी गठन
चितवन। चितवनको राप्ती नगरपालिकामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको नगर कमिटी गठन भएको छ।
आज सम्पन्न राप्ती नगरपालिका स्तरीय भेलाले जीत बहादुर तामाङको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो।
नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल जिल्ला कमिटी चितवनका अध्यक्ष सिताराम वलको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्र तथा प्रदेश कमिटीका नेताहरु लगायतको उपस्थिति रहेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment