तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
खाँदबारी। विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि आज उडान भएको छ।
यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो। विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ। विमानस्थल खुलेपछि बुद्धएयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो। उडान भएसँगै सडक यातायातबाट जान नसकेका संखुवासभा र भोजपुर जिल्लाका वृद्धवृद्धा र बिरामीलाई फाइदा पुगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment