कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता कोइराला पदमुक्त
विराटनगर। कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा कोइरालालाई आइतबार मुख्यन्यायाधिवक्तामा पद मुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ।
मोरङको विराटनगर महानगरपालिका-९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत हुन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment